प्रख्यात उपन्यास फरेस्ट गम्पका लेखक विन्स्टन ग्रूमको ७७ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनको उक्त उपन्यासमाथि सन् १९९४ मा चलचित्र बनेको थियो र त्यसलाई अमेरिकाको सर्वकालीन महान चलचित्रको सूचीमा राख्ने गरिएको छ । आलाबामा राज्यको फेयरहोप शहरकी मेयर कारिन विल्सनले ग्रूमको मृत्युको जानकारी दिइन् ।

फरेस्ट गम्प जन्माउने लेखकका रूपमा विन्स्टन ग्रूमलाई हामी सबै सम्झन्छौं । उनी प्रतिभाशाली पत्रकार र अमेरिकी इतिहासका लेखक थिए । हाम्रो प्रार्थना उनको परिवारप्रति छ,’ आलाबामाका गभर्नर के इभेले एक बयान जारी गरेर बताए ।

फरेस्ट गम्पमा मन्दबुद्धि भएको तर गणितमा प्रतिभाशाली व्यक्तिलाई बीसौं शताब्दीका प्रमुख घटनाको प्रत्यक्षदर्शीका रूपमा देखाइएको छ ।

सन् १९८६ मा निस्केको उनको यही उपन्यास सबभनदा लोकप्रिय रह्यो ।

उनले अमेरिकी सेनाको फोर्थ इन्फान्ट्री डिभिजनमा सन् १९६५ देखि १९६९ सम्म सेवा गरेका थिए । उनी भियतनाम युद्धमा समेत सहभागी थिए ।

उनले आख्यान र गैरआख्यान गरी कुल १६ पुस्तक लेखेका थिए ।

सन् १९९४ मा टम ह्यांक्स नायक भएको फरेस्ट गम्प सुपरहिट भएपछि ग्रूमको उपन्यासको चर्चा संसारभरि चुलिएको थियो ।

उक्त पुस्तक अहिलेसम्म १७ लाख प्रति बिकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।