हेटौँडा । हेटौँडा-कुलेखानी-काठमाण्डौँसम्मको सुमोको भाडा प्रति यात्रु ६ सय २५ रुपैँया भन्दा धेरै लिन नपाईने भएको छ । सरकारले असोज १ (आज) बाट लागु लामो दुरीको यातायात खुल्ला गरेसँगै ५० प्रतिशत सम्म भाडा बढाएपछि भाडा ६ सय २५ रुपैँया पुगेको हो ।

खबरब्रेकसँग कुरा गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डौँसम्मको यात्रा गर्ने यात्रुहरुले ६ सय ५० रुपैँया भाडा तिर्नुपर्ने बताए । उक्त रुटमा सञ्चालन हुने सुमोमा ५ जना भन्दा बढी यात्रा गर्न नपाईने भन्दै प्रजिअ नेपालले बढि भाडा लिए तत्कालै कारबाहीको दायरामा ल्याईने बताए । उक्त रुटमा सञ्चालन हुने यातायातमा बढि भाडा लिने गरेको गुनासो आएको भन्दै उनले यस्ता क्रियाकलाप भएको थाहा हुनसाथ आफुहरुले अन द स्पट कारबाहीको दायरामा ल्याउने बताए । प्रजिअ नेपालले बढी भाडा लिन खोजे तत्कालै प्रहरी तथा स्थानीय प्रशासनमा जानकारी गराउन समेत आग्रह गरेका छन् ।
अनियमितता रोक्नको लागि नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यस्ता क्रियाकलाप लाई मकवानपुरमा हुन नदिने समेत बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।