नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार औपचारिक जानकारी दिने तयारी भइरहेको छ।

‘उहाँलाई राष्ट्रिय सभामा सिफारिस गरिएको छ। औपचारिक जानकारी विज्ञप्तिमार्फत् गराउछौं, उनले भने।

सोमवारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति सिफारिस गरेको थियो। तर, सरकारका प्रवक्ता तथा पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका निर्णय सुनाउँदा सोबारे जानकारी दिएका थिएनन्। नेकपाको १८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको बताएका थिए।

गत फागुनदेखि रिक्त पदमा गौतम मनोनित भएका हुन्। राष्ट्रपतिले मनोनित गर्ने तीनपदमध्ये एक पद तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।