प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको शुभकामना सन्देशमा सुस्वास्थ्य र खुशीको कामना गरेका छन्।

‘हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं’, ओलीले सन्देशमा भनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ७० वर्ष पूरा भएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।