सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार पनि जिल्लामा ४५ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ११ सय २४ पुगेको छ ।

पुष्टि हुनेहरुमा हालसम्म ६ सय ६४ जना संक्रमण मुक्त भएको जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले खबरब्रेकलाई बताए । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ४ सय ६० रहेको छ ।

मकवानपुरमा आइसोलेसन बस्ने भन्दा होम आइसोलसन बस्ने दोब्बर बढी:

जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेसन बस्ने भन्दा होम आइसोलेसनमा उपचाररत रहनेको संख्या दोब्बर बढी रहेको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ४ सय ६० रहेको छ । जसमा आइसोलेसनमा उपचाररत रहनेको संख्या १ सय ४८ रहेको छ भने होम आइसोलेसन बस्नेको संख्या ३ सय ३ रहेको छन् ।

मकवानपुरको हेटौंडा स्थित आईसोलेसनमा आजको दिनमा १ सय १५ जना उपचाररत रहेका छन् भने मनहरी स्थित सिमपानीमा १७ जना र रमनटार आइसोलेसनमा १६ गरी ३३ जना उपचाररत रहेका छन् ।

यसैगरि आजको दिनमा होम आइसोलेसन बस्नेको संख्या ३ सय ३ रहेको छ । जसमा हेटौंडामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २ सय ७९ जना रहेका छन् । यसैगरि बकैयामा ३ जना,मकवानपुरगढीमा ७ जना,भीमफेदीमा ४ जना,मनहरीमा ४ जना राक्सिराङमा ६ गरी ३ सय ३ जना रहेका छन् ।

यसैबिच बकैयामा गएराति पुष्टि भएको ३ जनामा एक जनालाई थप उपचारको लागि भरतपुर रिफर गर्ने तयारी गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् । गर्भवती समेत रहेकी ति महिलाको स्वास्थ्यमा समस्या देखिए संगै भरतपुर पठाउने तयारी गरिएको उपाध्यक्ष बोलखेले बताईन् । उनले गाउँपालिकका अन्य ३ जनामा भने स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुले स्व-ईच्छाले होम आइसोलेसनमै बस्ने बताए अनुसार उनिहरु होम आइसोलेसनमा बसेको समेत बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।