भारतले निर्यात रोकेसँगै नेपालमा प्याजको मूल्यसँगै कालोबजारी बढ्न थालेको छ ।

यसैक्रममा काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा तिनकुनेको हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेको छ ।

बिहीबार बिहान छड्के अनुगमन गर्दा लुकाएर राखेको विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएको समितिले जनाएको छ ।

यस्तै सालिकराम दुलालको पसलबाट ४० बोरा आलु बरामद गरेको तीनकुने प्रहरीले जनाएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि एक्कासि व्यापारीले मूल्य बढाएको भन्दै उपभोक्ताको गुनासो बढेपछि समितीले अनुगमन गरेको हो ।

बरामद गरिएको सो प्याज प्रहरीलाई जिम्मा लगाइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।