हेटौँडा । मकवानपुर जिल्ला प्रशासन कार्यलयले आजबाट मकवानपुरको हेटौँडा बजार क्षेत्र खुल्ला हुने समयमा केहि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए अनुसार आजबाट खाद्यन्न पसललाई बिहान ५ बजेबाट १० बजेसम्म र अन्य ब्यवसायलाई १० बजेबाट ४ बजेसम्म सञ्चालन गर्ने गरि निर्णय भएको छ । यस अघि खाद्यन्नलाई बिहान ९ बजेसम्म र अन्य ब्यवसायलाई दिउँस ३ बजेसम्ममात्र सञ्चालन गर्ने ब्यवस्था थियो ।

कोभिड १९ को संक्रमण न्युनिकरणको लागि प्रशसनले मकवानपुरमा गत साउन २६ गतेबाट निषेधज्ञा सहितका विभिन्न आदेशलाई जारी गरिरहेको छ । पछिल्लो केहि दिनबाट संक्रमण बढेको भएपनि सुरक्षा सावधानी अपनाएर बजार खुल्ला गर्दै लैजाने नीति प्रशासन कार्यलयले लिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।