file photo

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले भिडियो सन्देशमार्फत पार्टीका नेता कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन पनि भिडियोमार्फत आग्रह गरेका छन्।

उने आफू अझै २र ३ दिन अस्पताल बस्ने पनि बताएका छन्। ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईंहरुले चिन्ता गर्नुपर्दैन। दुई तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर’ उनले भने।

कोइरालाको फोक्सोमा निमोनियाको संक्रमण देखा परेको छ। डाक्टर कोइरालालाई क्लिनिकल ट्रायल अर्थात परिक्षणको रुपमा रहेको औषधि रेमडेसिभिर समेत चलाइएको छ। ‘उहाँलाई रेमडेसिभिर औषधी चलाइएको छ। त्यसको डोज पुरा हुन केही दिन त लाग्छ नै।

त्यसैले केही दिन औषधिको डोज पुरा गर्न पनि यहाँ बस्नुपर्ने हुनसक्छ,’ अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले भने। ज्वरो आएपछि कोइरालालाई उपचारको लागि भदौ ३१ गते बिहान ६ बजे ओम अस्पतालमा भर्ना गरिएको थियो।

ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा।विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको छ।

Shashank Koirala

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुदै ।

Posted by शशांक काेइराला – सचिवालय on Wednesday, September 16, 2020

महामन्त्रीको उपचार डा कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट, डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टोलीले गरिरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।