file photo
विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण मागेको छ ।

विवेकशील दलकी नेतृ एवं गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा शाक्यसँगै प्रत्याशी रहेकी रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गर्नुभएको हो ।

दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड–१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको छ ।

सूचनाको हक सम्बन्धी निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका उनीहरुले महानगर कोभिड संक्रमण नियन्त्रणमा अक्षम रहेको एवं पारदर्शीता पनि नभएको आरोप लगाए ।

महानगरको नेतृत्व नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन महानगरका गतिविधि पनि पारदर्शी नभएको दर्शनाको आरोप थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।