हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा २ जना प्रहरी सहित थप ६ जनामा कोरोना पुष्टि भएको छ । भदौ ३० गते (हिजो) गाउँपालिकामा संकलन गरिएको ६१ जनाको स्वाब परीक्षणमा ६ जनामा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारी खबरब्रेकलाई बताए ।

उनका अनुसार पुष्टि हुने दुई जना ईलाका प्रहरी कार्यलय मनहरीमा कार्यरत प्रहरी ४७ वर्षीय र ३७ वर्षीय पुरुष रहेका छन् । उनिहरु केहि दिन अघि घरबाट फर्किएको बताईएको छ ।

यसैगरि ४ जना गाउँपालिकाको वडा नंबर ९ का रहेका छन् । जसमा एक १४ वर्षीया बालिका सहित ५३ वर्षीय,४७ वर्षीय र ३७ वर्षीय पुरुष रहेको स्वास्थ्य संयोजक अधिकारीले बताए । मनहरीमा हिजो मात्र २५ जनामा कारोना पुष्टि भएको थियो ।

गाउँपालिकाले थप ४८ वेडको आइसोलेसनको क्षमता बढाएको पनि स्वास्थ्य संयोजक अधिकारीले बताए । उनले संक्रमितको संख्या बढे संगै आइसोलेसनको क्षमता बढाएको बताए । उनले आज राती पुष्टि भएका संक्रमितलाई भोली बिहान आइसोलेसन ल्याउने बताए्र ।

यो संगै मनहरीमा संक्रमितको संख्या ७१ पुगेको छ जसमा हालसम्म २४ संक्रमित संक्रमण मुक्त भएका छन् भने एक जनाको कारोनाको कारण मृत्यु भएको छ । उनको केहि दिन अघि मृत्यु पछि संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा आज ६० जनामा कोरोना संक्रमण


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।