हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि हुनेमा एक जना ईलाका प्रहरी कार्यलय भीमफेदीमा कार्यरत एक प्रहरी २९ वर्षीय पुरुष र वडा नंबस ४ का स्थानीय ४१ वर्षीय पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाथ थिङले खबरब्रेकलाई बताए ।

उनका अनुसार भदौ ३० गते १८ जनाको स्वाब लिईएको थियो जसमा एक प्रहरी सहित २ जनामा पुष्टि भएको हो । भीमफेदी पहिलो पटक प्रहरीमा कोरोना देखिएको स्वास्थ्य संयोजक थिङले बताए ।

यो संगै भीाफेदीमा संक्रमितको संख्या २९ पुगको छ । जसमा २४ जना संक्रमण मुक्त भईसकेको उनले बताए । हाल गाउँपालिकामा संक्रिय संक्रमितको संख्या ५ रहेको छ । उनिहरु ओम आइसोलेसनमा उपचाररत रहेका छन् ।

मकवानपुरमा आज ६० जनामा कोरोना संक्रमण


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।