गण्डकी । गण्डकी प्रदेशमा बुधबार थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा बुधबार थप ५० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन् ।

नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै वडा नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ बर्षीय पुरुष, वडा नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यसैगरी रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म ३१६६ जना संक्रमित भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १२ सय ४० रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।