file photo

कार्यकाल सकिएपछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई पुनःनियुक्ति नदिनुलाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘भ्रष्ट राजनीतिको चरम नमुना’ भनेका छन्।

गत आइतबार चारवर्षे कायकाल सकिएका घिसिङलाई पुनः नियुक्ति दिने चर्चा चले पनि मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा गरिएको छ।   यसै विषयमा साझा पार्टीका संयोजक मिश्रले बुधबार समाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।

उनले भनेका छन् “पद्दति होइन, भ्रष्टता हो धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ। “विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ” भनिँदैन। नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर “तिम्रो करारसेवा टुङ्गियो” भनिन्छ। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।”

पद्दति होइन, भ्रष्टता होधेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए…

Posted by Rabindra Mishra on Tuesday, September 15, 2020


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।