नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जाबेदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर जारी रहेन विश्वास ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै त्यसलाई अझै मजबुद पार्नुपर्नेमा जोड दिनुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।