भदौ । ल्वाङ, एक साधारण मसला हो, जुन सजिलै प्रत्येक भान्छामा पाउन सकिन्छ ।

ल्वाङको अनौंठो स्वाद र गन्धका कारण, यसलाई धेरै खानेकुरामा पनि प्रयोग गरिन्छ । ल्वाङलाई लगभग दैनिक सेवन गरिने हुँदा यसका फाइदाको बारेमा धेरैलाई थाहा भए पनि ल्वाङले शरीरको अनावश्यक बोसो जलाउन मद्दत गर्छ भन्ने कुरा धेरै कमलाई थाहा होला ।

युएसडीए नेशनल न्यूट्रिन्ट डाटाबेसका अनुसार, ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर भिटामिन ई, भिटामिन सी, फोलेट, राइबोफ्लेविन, भिटामिन ए, थायामिन र भिटामिन केसहित धेरै पौष्टिक तत्वहरू छन् । ल्वाङको सेवनले मेटाबोलिज्मलाई सक्रिय पार्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

ल्वाङमा एन्टिकोलेस्टेरेमिक र एन्टि–लिपिड गुणहरू हुन्छन् । ल्वाङलाई मरिच, दालचिनी र जिराको साथ मिसाएर खाँदा मेटाबोलिक दर बढाउन मद्दत गर्छ, जसले अन्ततः शरीरको तौललाई घटाउन मद्दत गर्छ । यसबाहेक, ल्वाङमा हुने एन्टीआक्सिडन्टले तनाव कम गर्न मद्दत गर्छ ।

कम तनावले पुरानो रोगको जोखिमलाई घटाउनुका साथै रगतमा चिनी नियन्त्रण गर्छ । तौल घटाउनका लागि ५० ग्राम ल्वाङ, ५० ग्राम दालचिनी र ५० ग्राम जिरालाई भुटेर, पिसेर पाउडर बनाउनुहोस् । उक्त पाउडरलाइ हावा नछिर्ने जारमा भण्डार गरेर राख्नुहोस् । मिश्रणको एक चम्चालाई एक गिलास पानीमा उमाल्नुहोस् र चिसो भएपछि एक चम्चा मह राखेर हरेक बिहान खाली पेटमा पिउने गर्नुहोस् ।

मसलाले एलर्जी हुनेहरूका लागि यो तरिकालाई तौल घटाउन प्रयोग गर्नुअघि डाक्टरको सल्लाह लिनु पर्छ । कुनै पनि तरिकाले एक्लैले तौल घटाउन मद्दत गर्न सक्दैन । त्यसैले नियमित व्यायाम, स्वस्थ खानाको सेवन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।