File photo

छिमेकी देश भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएको छ ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ ।

एकै दिन ८१ हजार नौ सय ११ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या ४९ लाख २६ हजार नौ सय १४ पुगेको वाल्डो मिटरले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा भारतममा एक हजार ५४ जना संक्रमितले ज्यान गुमाएका छन् । यो संगै भारतमा कोरोनााबाट मृत्यु हुनेको संख्या ८० हजार आठ सय आठ पुगेको छ ।

यहाँ हालसम्म ३८ लाख ५६ हजार दुई सय ४६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।