Oils for Dry Hair: Which Ones are Proven to Help?भदौ । महिलाहरू मात्र नभएर पुरुषहरूलाई समेत विभिन्न कारणहरूले कपाल झर्ने समस्याले सताइरहेको हुन्छ ।

कपाल झर्ने समस्यालाई रोक्नका लागि बजारमा पाइने विभिन्न केमिकलले बनेको श्याम्पू, तेल तथा कन्डिसनरको प्रयोग गरिरहेका हुन्छन् । साथै मानिसहरूले अरुको कुरा सुनेर, युट्युब हेरेर घरेलु उपायका धेरै प्रयासहरू पनि गर्दै आएका छन् । तर, कपाल झर्ने समस्याबाट दिक्क हुनअघि आफूले दैनिक खाइरहेको कुरालाई हेर्न आवश्यक हुन्छ ।

सम्भाव्यता दैनिक खानेकुरामा समावेश गरेका तथा नगरेका खानेकुराले कपालको वृद्धि र स्वास्थ्यलाई असर गरिरहेको हुन्छ । जीन र जीवनशैलीका कारण धेरैजसो कपाल अर्ने समस्या भए पनि केही खानेकुराको सेवनले कपाल झर्न रोकन मद्दत गर्न सक्छ । शरीरमा विभिन्न पोषण तत्वहरूको कमीका कारणले गर्दा कपाल झर्ने समस्या निम्तिन सक्छ ।

दैनिक खाइने खानेकुरामा प्रशस्त आइरन, जिंक, प्रोटिन, भिटामिन ‘ए’, ‘बी’ तथा ‘डी’ भएको खाना खानाले कपाल झर्ने समस्यालाई समाधान गर्न सकिन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउन हरियो सागसब्जी, गाँजर, अण्डा, हरियो मटर, माछा, गेडागुडी, कम फ्याट भएको डेरी प्रडक्टस्, ओखर, नट्स, गँहु, जौ, सबैभन्दा राम्रो हुन् ।

त्यस्तै ओमेगा ३ र ६ प्रशस्त मात्रामा रहेको खानेकुराको सेवनले कपाल झर्न रोकेर नयाँ कपाल उमार्नका सहयोग गर्छ । यस्ता पोषक तत्वलाई दिनहुँ सन्तुलित तरिकाले भोजनमा समावेश गर्दा कपाल झर्न रोक्नुका साथै कपाल ४० प्रतिशत छिट्टै बढ्ने गर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।