रामशरण बानियाँ,हेटौंडा । विश्वका महानतम् व्यक्ति गौतम बुद्धको जन्मस्थलबारे समय समयमा विभिन्न विवादित सबालहरु उठ्ने गर्दछ । कतिपयले जानी जानी तथ्यहरुलाई बंग्याउने र मानिसहरुलाई भ्रमित बनाउने काम गर्दैछन् । यो अहिले अन्तराष्ट्रिय रुपमा पनि चर्चाको विषय बनेको छ । यस्ता सवालहरु विशेषगरी भारतीयहरुले गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अघि संयुक्त राष्ट्रसंघको सभामा खुला रुपमा बुद्ध भारतमा जन्मिएका थिए भनी विश्व भरका जनमतलाई दिग्भ्रमित बनाउने चेष्टा गरे । यिनै परिवेशमा गौतम बुद्ध नेपालमा जन्मिएका थिए भन्ने आधारहरु के÷ के होलान भन्ने सन्दर्भमा यो लेख केन्द्रित छ । वस्तुतः बुद्धको जन्म ई. पु. ५६३ मा कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा तत्कालीन राजा सुध्दोधन र रानी मायादेवीको कोखबाट भएको थियो । यिनको बाल्यकालको नाम सुध्दोधन थियो । यिनी जन्मेको समयमा संसारमा अहिले जस्तो सिंगो अर्थात विशाल राज्यहरु थिएनन् । यति सम्मकी युरोपका कतिपय राष्ट्रहरु त यति स—साना राज्यमा विभाजित थिए सुन्दै आश्चर्य लाग्छ । अहिलेको जर्मनी ३६० भन्दा पनि बढी स—साना राज्यमा विभाजित थियो । पछि विस्मार्कले ती सबै टुक्रे राज्यहरुलाई एकै सूत्रमा बांधी जर्मनीको एकीकरण गरे, जसलाई जर्मनी इतिहासले ँबतजभच या लबतष्यल भनेर मान्दछ ।

त्यसबेला टुक्रे राज्यहरुको अस्तित्व सम्पूर्ण विश्व ब्रम्हाण्डभरि नै थियो । सबैतिर उस्तै अवस्था थियो । हाम्रो देश नेपाल र भारत पनि यसबाट अछुतो थिएन अर्थात नेपाल तथा भारत दुबै देशतर्फ पर्याप्त साना मसिना राज्यहरु अस्तित्वमा थिए । यत्रतत्र सर्वत्र टुक्रे राज्यहरु थिए । यी सबै राज्यहरुले आफूलाई स्वतन्त्र सार्वभौमिक र अलग्गै अस्तित्व भएको राज्य ठान्दथे । यसैगरी कपिलवस्तु पनि त्यस बखतको एक छुट्टै स्वतन्त्र राज्य थियो भन्ने कुरा प्राचीन इतिहासले प्रमाणित गर्दछ । त्यही तत्कालीन कपिलवस्तु राज्य अहिले स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रको एउटा जिल्लाको नामले चिनिन्छ ।

सिदार्थ गौतम त्यतिखेरको एक स्वतन्त्र राज्य कपिलवस्तुको हालको शब्दमा युवराजधिराजको स्थानमा रही दरबारिया सुख सयलमा आफ्नो दिनचर्या बिताउंदै जानुभयो । उहांको विवाह यशोधरा नामकी एक राजकुमारीसंग भएको थियो । उहांको एक छोराको जन्म भएको थियो उनको नाम राहुल थियो ।

यसै क्रममा कहिले, कहिले सिदार्थ गौतम आफ्नो सारथीको साथमा राजधानी सहर तिलौराकोट घुम्न भनी दरबारबाट निस्कनुहुन्थ्यो । घुम्ने क्रममा उहांले बाटोमा चार दृश्यहरु देख्नुभयो ।
१ कुप्रो वृद्धअबस्थाको लौरोको सहाराबिना हिंड्दै गरेको मान्छे ।
२ बाटोमा बसी माग्दै गरेको मान्छे र भिखारी ।
३ असक्त एवं विरामी जो छटपटाइरहेको थियो र
४ सेतो कपडाले बेरेर मानिसले बोकेर ल्याइरहेको दृश्य ।
यी दृश्यहरु उहांको नजरमा पर्यो । भनिन्छ, त्यस बखत सम्मपनि सिदार्थ गौतमलाई माथि चर्चा गरेजस्ता विषयहरुमा राम्रो ज्ञान थिएन । उहांले यी सबै विषयहरुको जानकारी आफ्ना सारथीहरुबाट लिनुभयो ।

त्यसपछि सिदार्थ गौतमलाई यी सबै हुनुको कारण के हो भनी जान्ने जिज्ञासा चल्नथाल्यो । सोच्दासोच्दै उहांमा वैराग्यता जागेर आयो । यी सबै कारण पत्ता लगाउनका लागि दरवारको साह्रा सुखसयल त्यागेर मध्य रातको समयमा दरबार छाडी एकान्त ठाउं खोज्दै हिंड्नुभयो । यसै मेसोमा सिदार्थ गौतम हाल भारतमा पर्ने एक स्थान गयामा पुगेर एउटा पिपलको रुखमुनि बसी तपस्या गर्न मग्न हुनुभयो । त्यसबखत उहाँको उमेर २९ वर्षको थियो भनिन्छ । यसरी लामो समयको तपस्या र अन्तरालपछि सिदार्थ गौतमले मानवमा हुने दुःख, पीर, लोभ, ईष्र्या आदि हुनुको कारण के रहेछ भन्ने थाहा पाउनुभयो । सोही ठाउंमा उहांलाई बुद्धत्व प्राप्त भयो जुन ठाउंलाई हाल बोधगया भनिन्छ ।

सांकेतिक तस्विर

त्यसपछि बुद्ध ज्ञानको प्रचार प्रसार गर्दै विभिन्न ठाउंमा आफ्ना शिष्यहरु बनाउंदै हिंड्न थाल्नुभयो । यसक्रममा तत्कालीन सम्पूर्ण भारत वर्षलगायत हालको ईरान, इराक र अफगानिस्थान आदि ठाउंहरुमा पनि ज्ञानको प्रचार प्रसार गर्दै शिष्यहरु बनाउंदै हिंड्ने क्रममा ई. पु. ४८३ मा ८० वर्षको उमेरमा हाल भारतको कुशीनगर भन्ने ठाउंमा उहांको देहावसान भयो । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान जसलाई बोधगया भनिन्छ त्यस बखत एक छुट्टै टुक्रे वा स— साना राज्यभित्र पर्दथ्यो भन्ने कुरा प्राचीन ईतिहासबाट जानकारी पाइन्छ । हाल यो स्थान भारतको उत्तर प्रदेश राज्यमा पर्दछ । बुद्ध जन्मनु भएको राज्य कपिलवस्तु त्यस बखतको स्वतन्त्र राज्य हाल नेपालको प्रदेश नं ४ को लुम्बिनीको कपिलवस्तु जिल्लामा पर्दछ । यो स्थान विश्व सम्पदा सुचिमा सुचिकृत छ र लुम्विनीको नामले चिनिन्छ । बुद्धलाई ीष्नजत या ब्कष्ब भनिन्छ र विश्वले शान्तिको अग्रदूतका रुपमा सम्मान दिएको छ ।

भारत विश्व चर्चित व्यक्तित्वहरुलाई आफ्नो देशको नागरिक बनाउन र भनाउन चाहान्छ र साना देशको आर्जनलाई पनि भारतको आर्जन बनाउन संधै जागरुक हुन्छ भन्ने कुरा विभिन्न प्रमाणहरुले पुष्टि गर्दछ । जस्तो सोलुखुम्बुमा जन्मी हुर्केका वंशजका आधारमा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पालाई भारतले आफ्नो देशको नागरिक भनी खुला रुपमा भन्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अघि नेपालको संघीय सांसदलाई संबोधन गर्दाका बखत बुद्ध, जनक, सिता र प्रसिद्ध देवी देवता नेपालको भएको भनी सगर्व भाषण गरेका थिए । यसरी औपचारिक रुपमा आफैले बोलेको विषयलाई अन्यथा भनी पुनः बोलिरहंदा भारतीय प्रम नरेन्द्र मोदी आफैलाई संकोच लाग्नुपर्ने हो । तर भारतको नेपाल प्रतिको हेपाहा र मिचाहा प्रवृत्तिका कारण भारतका शासकहरु आफूलाई फाइदा हुने कुरा गर्न पछि हट्दैनन् । अर्कोतर्फ तत्कालीन भारतका सम्राट अशोकले ई.पू २४९ मा लुम्बिनीमा स्थापना गरेको ऐतिहासिक अशोक स्तम्भले पनि बुद्ध नेपालमा जन्मिएका थिए भन्ने पुष्ट्याईं दिइरहेकै छ ।

अन्तमा यी सबै कारणबाट प्रष्ट हुन्छ बुद्ध नेपालमा जन्मिएका हुन । यसमा शंका गर्नपर्ने , विवाद गरिरहनु पर्ने र कुनै बहस गरिरहनु पर्ने आवश्यकता नै देखिंदैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।