इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो ।

एभर्टनका लागि खेलको ५५ औं मिनेटमा डोमिनिक काल्भर्ट–लेभिनले गोल गरे । उनले लुकास डिग्नीको पासमा गोल गरेका हुन् । सो गोल नै निर्णायक भएपछि एभर्टनले ३ अंक जोडेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।