हेटौंडा । सबैलाई नसमस्कार, म अशोक ढुङगेल । स्थायी घर पूर्वी मकवानपुरको बकैया गाउँपालिका हो । विगत ३ वर्ष देखि हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत रहेको छु साथमा हेटौंडाको एक पसलमा पार्टटाईम काम पनि गर्छु । छिमेकी देश चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड-१९) ले तेहाँ मात्र नभई अन्य देशहरुमा पनि संक्रमण तिब्र्र बढ्नु साथै मानिसहरुको ज्याननै लिन सुरु गरेको खबरहरुले सुन्दै आएको थिए । तेसको केहि महिनामै नेपालमा पनि संक्रमण देखा पर्न थाल्यो ।

सरकारले नेपालमा पनि संक्रमण देखा परे संगै रोकथाम तथा नियन्त्रण गर्न ११ चैत २०७६ देखि देशभर अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्यो । सबै बन्द भएपछि म हिडेरै गाउँ गएको थिए । सरकारले करिब ४ महिनाको लकडाउन खुला गरे संगै म पुनः हेटौंडा आएर बस्न थाले । हेटौंडामा कोरोना तिब्र रुपले बढिरहेको थियो ।

संक्रमित दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले संक्रमण बढ्न नदिन २६ साउन रातको १२ बजेबाट निषेधज्ञा जारी गर्यो । म ढुक्क थिए की मलाई कोरोना संक्रमण हुनैन्,म मास्कको साथै सेनिटाइजर लगाएर आफ्नो काममा हिड्थे । खुलेको बजार पुनः बन्द हुने भएपछि फेरी घर जाने बिचार गरे । तर अब निषेधज्ञा जारी भएपछि काम पनि रोकियो । करिब ४÷५ दिन देखि डेरामै थिए । बाहरी कतै निस्केको थिईन् । तर साउन ३० गते ज्यान,हात गोडा दुख्न थालो,ज्वरो पनि आयो । मुख्य कुरा भदौ १ देखि मेरो नाकले गन्ध पनि पाउन छोड्यो र घाँटी दुख्न सुरु भयो । मलाई लाग्यो मलाई कारोना संक्रमणको लक्षणहरु देखिन थाल्यो साथै बिरामी भएको अनुभव भयो । तेसैबिच घर फर्कन मन लाग्यो । तर एकपटक सोचे जताततै कारोना संक्रमण फैलिरहेको खबर सुनिरहेको बेला आफुलाई पनि संक्रमणको लक्षण देखाएको छ एकपटक कोरोना परीक्षण गरेर मात्र घर फर्कन्छु । तेसपछि हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल संग पीसिआर परीक्षणको लागि सिफारिस लिए । र भदौ ५ गते स्वाब दिए । स्वाब दिएपछि डेरामै सचेत भएर बसेको थिए । रिपोर्ट भदौ १० गते साँझ पोजेटिभ भनेर वडा अध्यक्ष सिग्देलबाट जानकारी पाए । संक्रमण पुष्टि भएपछि वरपरका छिमेकीहरुले कँही कतै अन्तै दुँनियाबाट आएको जसरी हेर्न जम्मा भएर कानाखुशी गरेको देख्दा अचम्ममा समेत परे । वडा अध्यक्ष सिग्देलले गौरीटार आइसोलेसनमा पुग्ने व्यवस्थापन तथा हौसलाको साथै आत्मबल बढाएको महसुस गरे ।

मलाई कारोना लाग्नु अघि यो भाइरस केहि हैन लागे पनि यत्तिकै निको हुन्छ भन्ने महसुस हुन्थो । तर म गलत रहेछु । मलाई कोरोना लाग्नु अघि र लागेपछि आफ्नो आत्मबल आकाश जमिनको फरक हुने रहेछ । आफुलाई कोरोना पुष्टि भएको जानकारी पाउन साथ संसारनै अध्यारो र अब सबै कुरा सक्किएको महसुस संगै आइसोलेसन पुगे । आइसोलेसनमा आफु जस्तै पुष्टि भएर आएका दर्जनौ मानिसहरु देखेपछि म जस्ता धेरै रहेछन् । केहि नहोला भनेर आत्मबल बढाए ।

आइसोलेसनको १८ दिन:
गौरीटार आइसोलेसनमा १८ दिन बिताए । भदौ १० गते देखि २७ गते सम्म आइसोलेसन बस्दा धेरै साथिहरु संग चिनजान गरे । गौरिटार आइसोलेसनको बारेमा विभिन्न समाचारहरु पढेको थिए । तर म संक्रमण पुष्टि भएर पुग्दा तेहाको कर्मचरीको व्यवहार धेरै परिवर्तन राम्रो पाए । घरमा भन्दा आइसोलेसनमा संक्रमितहरु बिच बस्दा राम्रो हुने रहेछ साथै घृणीत हुनु नपर्ने रहेछ भने महसुस गरे । आइसोलेसना दैनिक बिहान योगा गर्ने,खाजा खाने,खाना खाने आराम गर्ने रमाइलो गर्ने काम हुँदो रहेछ साथै बेलुका २ घण्टा सास्कृतिक कार्यक्रम पनि हुँदो रहेछ । यस बिचमा आफुलाई कोरोना पोजेटिभ भएको महसुसनै भएन । दिनको एकपटक स्वास्थ्यकर्मीहरु आएर आत्मबल तथा हौसला दिनुहुन्थो । हामी संक्रमित साथिहरु बिच एक अर्का आफुमा देखिएको लक्षणहरुको बारेमा सेयर गथ्र्यौ ।

मेरो कोरोना परीक्षण फलोअपमा १८ गतेको लागि नाम आएछ । त्यो दिन पनि हल्का रुघा लागिथो । पुनः परीक्षण पनि पोजेटिभ आउने होकी भन्ने शंका पनि लाग्यो । नभन्दै २ दिनपछि रिपोर्ट पुन पाजेटिभ आयो । फेरी पोजेटिभ आएको खबर घरपरिवारमा जानकारी गराईन् । यसैपनि परिवारका सदस्यहरु पहिले देखि नै डराएका थिए । म भने आफुलाई कोरोनाको डर विस्तारै हराँउदै गएको महसुस गर्दै गएको थिए । हामीले आइसोलेसनमा दैनिक जसो तातोपानी,बेसारपानी,गुर्जो,अदुवा हालेको पानी खान्थ्यौ । साथै कपुर राखेर पानीको बाफ लिन्थ्यौ । मलाई कोरोना पुष्टि भएको बिचमा रुघाखोकी,शरिरका सबै अङ्ग गल्ने तथा केहि गर्ने जाँगर नचल्ने । गन्धहरु थाहा पाउन नसकिने भएको थियो । तपाईहरुलाई पनि यि लक्षणहरु देखिन थाल्यो भने बेरैमा सचेत भएर कोरोना परीक्षण गराउनु होला ।

पुन रिपोर्ट पाजेटिभ आएको ८ दिन पछि भदौ २७ गते कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो । म निकै खुशी भए र १८ दिन आइसोलेसन बसेर डेरा फर्किए ।

आत्मबल सबैभन्दा ठूलो: 
सबैले कोरोना रोग महामारी भनीरहँदा मानिसहरुमा त्रास उत्पन्न भएको छ । मेरो अनुभवले मैले धेरै संक्रमित देखे,कोरोना रोग हैन एउटा सामान्य संक्रमण हो । यसलाई धेरै नसोचि यो सामान्य संक्रमण हो भनि आत्मबल बढाएर खानपानमा उचित ध्यान दिई तातोपानी र खानानै यस्को औषधी हो । हामीले आइसोलेसनमा बस्दा पनि कुनै औषधी खाएका हैनौ । खानपानमा उचित ध्यान दिई नियमित शारीरिक व्याम गर्ने,तातोपानी गुर्जो जस्ता जडिबुटी सेवन गर्यो । मुख्य कुरा चिन्ता नलिनु र आत्मबल बढाउनु कोरोना आफै हराएर जान्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।