सांकेतिक तस्विर

मानवी बाँनीया,हेटौंडा । काठमाण्डौंमा गत वर्ष एसईई तयारी गरेर बसेकि एक बालिका यसपालि परिक्षाफलमा सफल भइन तर, जिन्दगीको परिक्षामा भने अहिले हारेको अनुभुति गरिरहेकी छिन् । बकैया गाँउपालिका वडा नंबर ११ की दलित परिवारकी १९ वर्षिय बालिका अहिले आफुबाट जन्मिएको नवजात शिशुको अधिकारको लागि लडिरहेकी छिन् । चारदिनको बच्चा उनको काखमा छ तर बच्चाको बावुले आफ्नो छोरी भन्न अस्विकार गरिरहेको अवस्था छ । तर उनि पनि हार मान्नेवालीमा छैनन् आफ्नो लागिभन्दा पनि बच्चाको लागि लड्न उनि आज (आईतबार) जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा आउने तयारिमा छिन् ।

यो सुरु भयो गतवर्ष एसईई तयारिका लागि गाँउबाट काठमाण्डौं अध्ययनका लागि गएकी उनि आफुनै उमेरको मान्छेसंग प्रेममा परिन् । त्यो पनि आफ्नौ गाँउपालिका वडा न १० का मान्छेसंग । गाडीमा सह—चाललको रुपमा काम गर्दै आएका उनि तामाङ समुदायका हुन् । दुबै बिच प्रेम गाढा हुँदै गयो । बेला—बेलामा ती बालिकालाई डरपनि लाग्थ्यो उ तामाङ म दलित परिवारकी उसले छोड्ने त होईन भन्ने । तर उनका प्रेमीले घरकाले स्विकार नगरेपनि आफुले स्विकार गर्ने बताँउदै आएका थिए ।

विवाह समेत गर्ने आश देखाएका ती तामाङ समुदायका बालकले, उनिहरु बिच यौन सम्पर्कको सम्बन्धमा समेत रहन थाले । त्यहि बिचमा उनि गर्भवति भईन् । यौन सम्पर्क हुनुभन्दा अघि ती बालकले बालिकाले गर्भ नरहने औषधि खुवाएका थिए उनलेपनि खाईन तर पनि गर्भ रह्यो । त्यो कुरा उनले केटालाई सुनाए, केटाले फेरि गर्भ खेर जाने औषधि दिए , त्यो समय ती बालिकाको लागि निकैनै पिडादायिक बन्न पुग्यो । त्यो समय धेरैनै रजश्वाला भएको थियो, लाग्यो उनिहरुलाई अब त बच्चा खेर गयो होला । यदि गएन भने म काठमाण्डौं राखेर भएपनि तिमिहरुलाई पाल्छु भन्ने कुरा गरेका थिए ।

तर पछि पाँच महिनापछि ती बालिकाले थाहा पाईन बच्चा त पेटमानै रैछ । लाग्थ्यो उनले अब विवाह हुने भयो, बच्चा खेर गएको रैनछ भनेर उनले आफ्नो प्रेमीलाई सम्पर्क गरे तर उनले जुन साथको आश गरेर फोन गरेकि थिईन् त्यो विल्कुल हुन सकेन् । मेरो बच्चा होईन भन्दै, चर्किए र अन्तरजातिय विवाह परिवारले नस्विकारने समेत प्रतिक्रीया दिएछन् । साथको त के कुरा उनले त्यहाँदेखि उनको बोली समेत सुन्न पाइएनन् ।

लकडाउनको बेला थियो, उनि घर फर्किन । प्रेमीले नम्बर समेत परिवर्तन गरेको थियो । उनलाई यो कुरा कसैलाई पनि सेयर गरिनन् । घरमा आमालाई समेत भनिन । पाँच महिना गर्भ नरहेको ढुक्क र चार महिना प्रेमीको फोन आउने आशमै उनको त्यो नौ महिना यत्तिकै बित्यो ।

गत भाद्र २५ गते उनलाई एक्कासी बेथा लाग्यो र उनका छिमेकीले थाहा पाएर बकैया सेफ हाउसमा ल्याए । उनले चार किलो दुईसय ग्रामको बच्चा जन्माईन् । सानै उमेरमा बच्चा जन्माएको कारणले उनको पाठेघरमा निकैनै असर परेको सेफ हाउसकि व्यवस्थापक सरस्वती पौडेलले प्रतिक्रीया दिईन् । पौडेल बताँउछिन् सबै कुरा बुझिसकेपछि त्यो उनका प्रेमीलाई खोज्ने कार्य भयो, बच्चा जन्मेको, तीनदिनपछि भाद्र २७ गते फेला पारि ल्याईएको हो । अहिले पनि ती बालकले आफ्नो बच्चा मान्न स्विकार नगरेको अवस्था रहेको पौडेलले जानकारी गराईन् । तर दुबै तर्फको कुरा सुन्दा बच्चा उसकै हुने पौडेलको भनाई छ । उसले अस्विकार गर्नुमा अन्तरजातीय सम्बन्धनै रहेको देखिन्छ पौडेलले बताईन् । ती बालिकाले बच्चाको न्यायको लागि आफु प्रहरीका उजुरी दिने समेत निर्णय गरेकि पौडेलले जानकारी गराईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।