हेटौँडा । कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको कारण मकवानपुर हेटौँडा निवासी एकजना ब्यक्तिको निधन भएको छ । निधन हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेल रहेका छन् ।

कोभिड संक्रमित भएपछि उनलाई उपचारको लागि गद भदौ १७ गते काठमाण्डौँ लगिएको थियो । काठमाण्डौको विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको आज उपचारकै क्रममा नर्भिकमा निधन भएको पोखरेलका भाई श्रीधर पोखरेलले खबरब्रेकलाई बताए । मृतक पोखरेललाई कुनैपनि दिर्घरोग नरहेको समेत पारिवारिक श्रोतले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।