आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिदबिक्रीका लागि निर्धारण गरिएको छ । पछिल्लो समय सुन चाँदीको मूल्यमा अस्थिरता देखिएको छ । भदौ महिना लागेसँगै सुनको मूल्यमा निकै उतारचढाव देखिएको हो । भदौ महिनामा मात्र सुनमा चार हजार ६०० रुपैयाँको भिन्नता देखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।