सांकेतिक तस्विर

भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

हरेक तलामा एक एक वटा शव फेला परेको महाशाखाले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ। घरमा एक कुकुर पनि मृत फेला परेको छ ।

शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन् ।

उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन्। उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।