file photo

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबारबाट सुचारु भएको छ । गत असार १० गतेबाट सुरु भएको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि साउन १३ गतेदेखि अनिश्चितकालीन स्थगित हुँदै आएको थियो ।

तर, शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल आक्रमक रुपमा प्रस्तुत भएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनकाअनुुसार पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा, त्यसो नभएको भन्दै बैठक नेता नेपाल आक्रोशित भएका हुन् । पार्टीको नीति र पद्धतिअनुसार एक व्यक्ति एक पदलाई कार्यान्वयनमा ध्यान नदिएको भन्दै नेता नेपाल अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्टि जनाएका हुन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति पनि असन्तुष्टि जनाएका उनले सो प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्थाबारे केही उल्लेख नगरेको बताए । सो प्रस्तावमाथि टिप्पणी गर्दै नेता नेपाल आक्रोशित हुँदै भने, विधि विधानबिना पार्टी कसरी चल्छ रु’

यसअघि एक व्यक्ति एक पदलगायतका व्यवस्था नसमेटिएको विषयप्रति उनले प्रचण्डसँग असन्तुष्टि जनाएका थिए । यसैबीच शुक्रबारको जारी बैठकको खाजा समय अगाडिसम्म नेता नेपालसहित देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायतका नेताहरुले आ–आ–आफ्नो धारणा राखेका छन् ।

बैठक सुरु भएको केहीबेरमै अध्यक्ष ओली भने बाहिरिएका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर बाहिरिएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।