भारतमा पछिल्लो समय कलाकारहरुमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यस्तै भारतीय र्‍यापर रफ्तारलाई कोरोना संक्रमण देखिएको छ ।

आफुलाई कोरोना संक्रमण भएको बारे रफ्तारले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । ‘एमटिभी रोडिज रिभोलुसन’ को छयांकनको क्रममा परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।

उनले आफुमा कोरोना पोजेटिभ भएको र अहिले होम आइसोलेसनमा बसेको बुधबार इस्टाग्राममार्फत जानकारी दिएका हुन् ।

उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको जनाइएको छ । यसअघि बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोरालाई पनि कोरोना संक्रमण देखिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।