बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

मंगलबार रियालाई बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा छानबिन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० ले गिरफ्तार गरेपछि अदालतले उनको जमानत अस्विकार गरेपछि उनलाई १४ दिनका लागि हिरासतमा पठाइएको छ ।

साथै एनसीबीको टिमले गएरातीनै रियाको घरमा छापा मारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हाल सिबिआइले यस प्रकरणमा अनुसन्धान गरिरहेकोमा यो घटना ड्रग्ससँग सम्बन्धित भएको देखिएपछि अहिले एनसीबी अनुसन्धान गरिरहेको छ । एनसीबी बलिवुडमा ड्रग्सको ठुलो गिरोह रहेको आशंकामा यो घटनालाई जोडेर अनुसन्धान गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रियालाई अभिनेता सुशान्तलाई ड्रग्स खुवाएको प्रमाण फेला परेपछि हिरासतमा लिइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रियाले एनसीबीसँगको बयानमा बलिवुडका २०(२५ हस्तीहरुको नाम लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । रियाको घरबाट उनका ल्यापटपसहित अन्य इलेक्ट्रोनिक डिभाइस जफत गरेर एनसीबीले अनुसन्धान शुरु गरेको बताइएको छ । रियाको गिरफ्तारीपछि बलिवुडमा ड्रग्स माफियाको पर्दाफास हुने चर्चाले अहिले बलिवुड तरंगित भएको छ ।

एनसीबीले रियासँगको बयानपछि उनी बलिवुडमा ड्रग्स सिण्डिकेटको हिस्सा रहेको स्पष्ट भएको दाबी गरिएको छ । एनसीबीका निर्देशक आशिक माथुरले रियाविरुद्ध यथेष्ठ प्रमाण भएकाले नै हिरासतमा लिइएको बताएका छन् ।

रियालाई हिरासतमा लिएपछि उनको कोरोना परिक्षणका साथै अन्य हेल्थ चेकअप समेत गरिएको थियो ।

एनसिबिले यस प्रकरणमा अहिलेसम्म रियासहित १० जनालाई हिरासतमा लिएको छ । रियाका भाई शौविक चक्रवर्ती यसअघि नै हिरासत रहेका छन् ।

गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

अहिले यो प्रकरणलाई हत्या, ड्रग्स र गैरकानुनी कमाईको पक्षबाट तीन एजेन्सी, सिबिआइ, एनसीबी र विदेशी मुद्रा र राजश्व गर्ने प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।