हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको बजार बन्दको ब्यवस्थालाई केहि परिमार्जित गरिएको छ । आज हेटौँडामा बसेको बैठकले बिहान ५ बजेबाट ९ बजेसम्म अत्यावश्यक बस्तुहरु (खाद्यन्न, दुग्ध उत्पादन, तरकारी, फलफुल) पसल खोलिने र बिहान १० बजेबाट ३ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन गर्न पाईने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय सस्थाहरु पनि बिहान १० बजेबाट ३ बजेसम्म खोल्ने निर्णय गरिएको छ ।

यसैगरि होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरिने तर टेक वे सेवा भने विहान १० बजेबाट ३ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ । जिल्ला भित्रका सार्वजनिक सबारीसाधनलाई अर्को सूचना जारी नभइन्जेलको लागि बन्दनै गरिएको छ भने नीजि सबारीलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने ब्यवस्था गरिएको छ । सहकारीको हकमा भने फिल्डमा कर्मचारी जान नपाउने भएका छन् । उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा सम्वन्धित उद्योगले सो उद्योग परिषरमानै आफ्ना श्रमिक तथा कर्मचारी राख्नुपर्ने ब्यवस्था गरिएको छ । बैठकले पशुपन्छिको विक्रि वितरण पनि खुल्ला भएको यो निर्णय असोज ५ गतेसम्म लागु हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।