हेटौँडा । मकवानपुरको हेटौँडामा उद्योग ब्यवसाय सञ्चालन गर्दै आईरहेका विप्लपकान्ती (विके) बोसलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले नागरिकता मुद्धामा अनुसन्धानको लागि पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको विषयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले खबरब्रेकलाई बताए । सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक समेत रहेका बोसलाई रौतहट पठाउने तयारी गरिएको प्रवक्ता रानाको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।