हेटौंडा / देशमा भइरहेको समसामयिक घटना समेटिएको म्युजिक भिडियो ‘सखाप’ युट्युबमा सार्वजनिक भएको छ । हेटौंडामा रहेको अक्षर ब्याण्डले सखाप नाम दिएर बिहीबार म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

निमा लामाको स्वर रहेको यस म्युजिक भिडियोमा बिमल कार्की, देव बराल, निष्कर्ष कार्की, तारा अधिकारी, निशान आचार्य, ओम खरेल, हिर्शिता दर्नाल र अभि मैनाली लगायतका हेटौंडेली युवाहरुको मुख्य अभिनय रहेको छ ।

विकास प्रसाईको निर्देशनमा बनेको ‘सखाप’ मा अक्षर ब्यान्डकै शब्द, ब्यान्डकै संगीत रहेको छ । भिडियो सागर राईले खिचेका छन् भने विवेक लामाको सम्पादन रहेको छ ।

भिडियोमार्फत देशमा बढ्दै गइरहेको बलात्कार, भ्रष्टाचार, हत्या लगायतका घटनाको बिरोध गरिएको छ । देशमा दिनानुदिन यस किसिमको घटना भइरहँदा सरकारले वास्ता नगरेको भन्दै जनताले अब कति सहनुपर्ने प्रश्न गीतमार्फत गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।