काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा गएको पहिरोमा बेपत्ता भएका ११ जनाको शव भेटिएको छ। सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार हालसम्म ११ जनाको शव भेटिएको हो। ४ जना पुरुष,२ महिला र ५ बालकको शव भेटिएको उनले बताए। मृतकहरुको पहिचान भने खुल्न बांकी रहेको छ।

शुक्रवार बिहान ६ बजे गएको पहिरोमा परि ३८ जना बेपत्ता भएका थिए। पहिरोले ३७ घर पुरेको थियो। अझै २७ जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोबाट प्रभावित भएका ४० घरका लागि आवश्यक त्रिपाल, खाद्यान्नको व्यवस्था गरिएको छ।

गृह मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरबाट आवश्यक सामाग्री पुर्‍याएको हो। त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिबाट भने हाल ३७ घरका लागि प्रतिघर १५ हजार रुपैया सहयोग गरिएको तामाङले बताइन्।

पहिरो निरिक्षणका लागि शुक्रवार बिहान सभामुख अग्नी प्रसाद सापकोटा लिदी पुगेका थिए। त्यस्तै दिउँसो गृहमन्त्री रामबहादुर थापा बादल पनि राहत लिएर पहिरो ग्रस्त क्षेत्रमा पुगेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।