File photo

रौतहटमा थप २४ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ। शुक्रबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु गौर नगरपालिकाका ८ जना कर्मचारीसहित १७ जनामा, परोहा नगरपालिकामा ४ जना,  देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १४ सय १५ पुगेको छ। संक्रमितमध्ये १३ सय २७ जना निको भएर घर फर्किसकेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।