गृहमन्त्री रामबहादुर थापा पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रस्थान गरेका छन्।

शुक्रबार दिउँसो गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो प्रभावितलाई राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।

लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर बेपत्ता ३८ मध्ये हालसम्म ५ जनाको शव भेटिएको छ भने ३३ जना अझै बेपत्ता रहेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।