राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।

एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो । परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताए ।

एक खेलाडी पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उनको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।