मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मेक्सिको ६२७ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार २९३ पुगेको हो ।

मेक्सिको कोरोनाबाट अहिलेसम्म धेरै मृत्यु हुने देशहरुमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै मेक्सिकोमा पछिल्लो २४ घण्टामा ७ हजार ३७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै मेक्सिकोमा अहिलेसम्म ५ लाख ५ हजार ७५१ जना संक्रमित भएका छन् ।

त्यस्तै यहाँ अहिलेसम्म ३ लाख ४१ हजार ५०७ जना ठिक भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।