हेटौँडा ।  मकवानपुरको थप एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा परिक्षणको क्रममा मकवानपुरको एकजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमण भएको पुष्टि भएपनि उनको ठेगना कुन स्थानीय तह भनेर खुलाईएको छैन् ।

यो सँगै आजै मकवानपुरको दुइजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणको क्रममा एकजना २२ वर्षकी युवतीमा पनि संक्रमण पुष्टि भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।