च्याम्पियन्स लिग अन्तर्गत आजराति बार्सिलोना र बायर्न म्युनिखबीच क्वाटरफाइनलको खेल हुदै छ । नेपाली समय अनुसार १२:४५ मा हुने यो खेल को विजेता सिधै सेमिफाइनलमा पुग्ने छ । बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगमा सबैभन्दा बढी १८ पटक क्वाटरफाइनलमा पुग्ने टिम हुन् ।

त्यस्तै बार्सिलोनाको कुरा गर्दा बार्सिलोना लगातार १३औ पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । २००७-८ सिजन देखि लगातार क्वाटरफाइनलमा पुगेको बार्सिलोना च्याम्पियन्स लिगको इतिहासमा यस्तो गर्ने पहिलो टिम हो ।

त्यस्तै बार्सिलोना र बायर्नबीच २०१४-१५ मा सेमिफाइनल खेलपछि पहिलो पटक खेल हुदै छ । सो खेलमा बार्सिलोनाले बायर्नलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो । तर च्याम्पियन्स लिगका कुल खेलमा भने बायर्नले बार्सिलोनालाई धेरै पटक हराएको छ । कुल ८ पटक भएका खेलमा बायर्नले ५ पटक जितेको छ भने बार्सिलोनाले २ पटक जितेको छ भने के पटकको खेल बराबरीमा सकिएको छ ।

त्यस्तै यस सिजनमा बायर्न म्युनिखले च्याम्पियन्स लिगका ८ खेल जितेको छ । च्याम्पियन्स लिगमा एकै सिजनमा धेरै ९ खेल जितेको रेकर्ड भने बार्सिलोनाको नाममा छ । बार्सिलोनाले २०१४-१५ मा एकै सिजनमा कुल ९ खेल जितेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।