हेटौंडा । मकवानपुरमा हालसम्मकै धेरै कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हेटौंडा स्थित कर्रा आइसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए । यसअघि जिल्लामा साउन २७ गते १३ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तो छ आज थपिएका संक्रमितको विवरण:

प्रहरी :१० जना
भीमफेदी गाउँपालिका :३ जना
बकैया गाउँपालिका :२ जना
थाहा नगरपालिका :२ जना
चितवन भै हैटौँडा बस्ने :१
काठमाण्डौ भै हेटौँडा बस्ने :१
हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ :७ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ :१ जना

उनिहरुलाई आइसोलेसन ल्याउने तयारी भईरहेको छ ।

यो संगै मकवानपुरमा संक्रमितको संख्या १ सय ३७ पुगेको छ । देखिएका संक्रमित मध्य हालसम्म ४४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

बाँकी संक्रमितहरु हेटौंडाको कर्रा आईसोलेसन,तथा केहि संक्रमित हेटौंडा स्थित आ-आफ्नो घरमा होम क्वारेन्टिमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् भने केही संक्रमित काठमाण्डौ उपत्यकामा उपचारत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।