एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका डिफेन्डर जिन–क्लेर टोडिबोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार फ्रान्सेली युवा खेलाडी टोडिबोले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

बार्सिलोनाले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै आफ्ना एक खेलाडीमा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । मंगलबार दिउँसो गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

बार्सिलोनाबाट लोनमा शाल्के गएका उनी पुनः क्याप नोउ फर्किएका थिए । प्रि–सिजनको तयारीमा रहेका उनलाई कोरोना पुष्टि भएको हो । हाल उनी आइसोशेलनमा रहेका छन् ।

उनले ट्वीटरमा कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको जनाएका छन् । बार्सिलोनाले शुक्रबार राति जर्मन च्याम्पियन क्लब बायर्नसँग च्याम्पियन्स लिगको सेमिफाइनलका लागि खेल्दैछ । बिहीबार बिहान बार्सिलोनाको टोली लिस्बोन प्रस्थान गर्ने बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।