File photo

हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप १ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

थप हुनेहरुमा काठमाण्डौका १ सय ९ जना,ललितपुरका २१ जना,चितवनका १५ जना,रसुवाका ८ जना,काभ्रेका ५ जना,मकवानपुरका ३ जना,नुवाकोट,धादिङ तथा दोलखाका २/२ जना र रामेछापका १ जना गरि १ सय ७० जना रहेका छन् ।

यो संगै प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय ६७ पुगेको छ । यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण १७ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ६ सय २५ संक्रमित उपचार पछिनिको भएर घर फर्किएका छन् ।

यो पनि:

हालसम्म मकवानपुरका १ सय जनामा कोरोना पुष्टि


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।