file photo

बिहिबार सुनचाँदीको भाउ २ हजार ४ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार   सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको  छ ।

यसअघि बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको भाउ बिहिबार तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

केहि दिन अघि सुनको भाउ  तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।