१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएकाले खेलाडीको पदक खोसिएको जनाएको हो।

पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन्।

नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो। तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्पतीममा उल्लेख गरिएको छ।

१३ औं संस्करणको साग नेपालमा १५ मंसिरदेखि २४ मंसिरसम्म आयोजना भएको थियो। आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्णसहित १ सय ३२ पदक जितेको थियो। हिमालखबर बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।