“देशले रगत मागे मलाई बली चढाउनु ।” राष्ट्रिय गानका यी सुमधुर आवाजहरु देशका लागि आफ्नो प्राणको आहुती दिनसक्ने असंख्य नेपाली युवाहरुको हो । देशका लागि कर्तब्यको बलीबेदीमा आफ्नो प्राण उत्सर्ग गर्ने युवाहरुको गौरबपूर्ण इतिहासलाई अहिलेका युवाले आत्मसाथ गरिरहेकाछन् । देशको सक्रिय र दक्ष जनशक्ति युवा हो । युवाकै रगत र पसिना सिन्चीएर मातृभुमीलाई आत्मनिर्भर बनाउन सकिन्छ । युवाकै काँधमा राष्ट्रको सुरक्षा र समृद्धी रहेको छ । युवाको सहभागिता विना मुलुकलाई प्रगतीपथमा हिडाउँन असम्भव नै हुन्छ । युवा राष्ट्रको मेरुदण्ड हो । उनीहरुलाई देशको विकासमा राज्यसत्ताले सँगै हिडाउने कार्य युवा परिचालन हो ।

गतिशील युवा देशका लागि ठूलो सम्पत्ति हुनसक्छ । राष्ट्रलाई जस्तोसुकै कठिन परिस्थिती आइपर्दा सामना गर्न युवाशक्ती अपरिहार्य हुन्छ । नेपालमा २०७२ सालको विनाशकारी महाभूकम्पमा अग्रमोर्चामा खटिएर राहत र उद्दार कार्यमा युवाले देखाएको सक्रीयता युगीन ऐतिहासिक दस्तावेजका रुपमा भावी पुस्ताले सुनौला अक्षरले पढ्नेछन् । त्यतिमात्र होइन घरबार गुमाएर आकाशकै छानामुनी बस्न बाध्य नेपालीलाई छानामा राख्न युवाहरु अहोरात्र खटिएकै थिए । युवाहरुकै भूमीकाका कारण संकटका बेला नागरिकले राज्यलाई उत्तरदायी महशुस गर्न पाए ।

अहिले विश्व कोभिड १९ को महामारीसंग जुधीरहेकै छ । नेपाल पनि यो महामारीको प्रभावबाट अलग रहन सकेको छैन । विषम परिस्थतीमा युवाको भूमीका राज्यलाई अपरिहार्य नै हुन्छ । यस्तो परिस्थतीमा कोरोना भाइरसबाट प्रत्येक नेपाली नागरिकलाई जोगाउन युवाहरुले टोलटोलमा हातधुने ब्यवस्था गराएका छन् । आफ्नो क्षमताले भ्याएसम्म माक्स बितरण गरेकै छन् । क्वारेन्टिन र आईशोलेशन सञ्चालनमा सरकारसंग सहकार्य गरेर युवा शक्तीअघि बढ्न तयार नै छन् । नेपाली युवाहरु श्रमका बजारमा विदेशीरहेका छन् । उनीहरुलाई स्वदेशमै रोजगारी दिएर मुलुकको उन्नतीमा युवाशक्ती परिचालन गर्ने बाटोमा सरकारले प्रयास सुरु गरेको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले विकासमा युवाहरुलाई लक्षित गर्दै योजना बनाईरहेका छन् । ती योजना कार्यान्वयनका चरणमा पुग्दा मुलुकको काँचुली फेरिने आशामा लाखौँ युवाहरु छन् । युथभिजन २०२५ ले नेपाली युवाहरुको बृत्ती विकासमा केही अबरोधहरु देखिएको विश्लेषण गरेको छ । ती विश्लेषणहरुलाई नियाल्दा राज्यसत्ताले युवाहरुलाई समान अवसर दिनुपर्ने खाँचो देखिएको छ ।

राजनितीक अस्थिरताका कारण युवाहरुमा निराशा देखिएको थियो । अहिले राजनितीक स्थिरता सहितको ५ बर्षे सरकार हामी सामु छ । तीनै तहका सरकारले प्राबिधीक शिक्षामा जोड दिएका छन् । शीपसहितको दक्ष जनशक्ती, उपयुक्त टेक्नोलोजी र प्रबिधीको माध्यमबाट युवाहरुलाई बेरोजगारबाट रोजगार बनाउने प्रयास भईरहेको छ । जसबाट युवाहरुमा आशाको सञ्चार भएको छ । युवामैत्री लगानीका लागि युवाउद्यम कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । सहुलीयत ब्याजमा ऋण उपलब्ध गराउने, अनुदान दिने मोडलका कार्यक्रमहरु सरकारले ल्याईरहेकोछ ।

अहिले नै यो पर्याप्त छैन तर सरकारका सकारात्मक प्रयास देखिन थालेको छ । बहिष्करणमा पर्दै आएका युवाहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम समानताको अवसर दिने प्रयास राज्यबाट भएको छ । स्वस्थ्य युवा जन्माउनका लागि राज्यले स्वास्थ्य र पोषणका क्षेत्रमा काम गरिरहेको छ । जुन युथ भिजन २०२५ ले चुनौतीका रुपमा देखाएको थियो ।

नेपालको राजनितीक आन्दोलनमा नेतृत्वदायी भूमीका निर्वाह गरेका युवाहरुको रगत र पसीनाबाट राज्यको शासकीय स्वरुप फेरिएको छ । हिजोका सामन्तबादी प्रबृत्ती बिरुद्ध जेहाद छेडेका युवाहरु अब परिवर्तन चाहान्छन् । त्यो परिवर्तनको सहयात्रीका रुपमा राज्यले युवालाई भूमिका दिनुपर्छ । बैंक, सहकारी र लघुवित्तको आर्थिक स्रोत साधनमाथि युवाको सहज पहुँच बनाईनु पर्छ । राष्ट्रिय युवा परिषद मार्फत पूर्वाधार, सीपको उपयोग गरी युवाहरुलाई रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । बैदेसिक रोजगारीबाट सिप र पैसा लिएर आएका युवाहरुलाई स्वदेशमै रोजगारदाता बनाउने अभियान चलाईनुपर्छ । युवा आफ्नो प्रगतीपथका भ¥याङ मात्र होइनन् । मुलुककै प्रगतिपथका सहयोद्धा हुन् भन्ने ज्ञान राज्यसत्ताले बुझ्न सके सुखी नेपाली समृद्ध नेपालको गहन अभिभारा नेपाली युवाले नै पूरा गर्नेछन् ।

– सन्तोष चौलागाई(अध्यक्ष) जिल्ला युवा समिती मकवानपुर


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।