हेटौंडा । हेटौंडामा निषेधज्ञा पालना गराउन नेपाली सेना सहितको सुरक्षाकर्मीहरु खटाईएको छ । गएराति १२ बजेबाट जारी गरिएको निषेधज्ञा पालना गराउन नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

हेटौंडाको बुद्धचोक,सिमाचोक,सितलमहल चोक,कान्तिराजपथ चोक,संगमचोक लगाएत क्षेत्रमा सुनसान बनेको छ । केहि मात्रामा फाट्फुट्ट साना सवारी साधनहरु चलिरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आजबाट हेटौंडा उपमहानगरपालिकासहित महेन्द्र राजमार्गको आसपासका ५०० मिटर क्षेत्रफलको मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा जारी गरेको छ । प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्दै आजबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने जनाएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्ला सुरक्षा समितिलाई गरेको सिफारिस र सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट नेपालको मौजूदा कानूनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकार बमोजिम निषेधज्ञा जारी गरेको हो ।

केके गर्न सकिन्छ ?

निषेधज्ञाको अवधिभर खाद्यबस्तु खरिद गर्न बाहेक कुनै ब्यक्ति घर बाहिर निस्कन नपाइने बताइएको छ । त्यस्तै एम्बुलेन्स,विरामी बोकेको गाडि,खा्रद्य वस्तु जस्तै दुध,तरकारी,खानेपानिका गाडि संचालन गर्न सकिने छ । त्यस्तै पेट्रोलियम पदार्थ बक्ने ट्याङ्कर,शव बाहन, फोहोर व्यवस्थापनको गाडि,दानको गाडि,संचारकर्मी,स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडिहरु गुड्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यलयबाट पास लिएका साधनबाहेक कुनैनिजि तथा सार्वजनिक साधन बाइक समेत गुडाउन नपाइने सुचनमा जनाएको छ ।

 

खाद्यान्न पसल,पेट्रोलपम्प,ग्याँस डिपो,औषधि पसल खुल्ला रहनेछन् । खाद्यान्नको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न सकिने छ ।

केके बन्द रहने ?

सम्पुर्ण निजि तथा सार्वजनिक यातायात बन्द रहने छन् । माथि उल्लेखित बाहेकका पसल,उद्योग साथै व्यबसाय संचालन पुर्णरुपमा बन्द रहने छ ।सबै सरकारि तथा निजि कार्यलयहरु,गैर सरकारी,बैंक तथा वित्तिय संस्थाहरु एवम सहकारिबाट प्रदान हुने सबै सेवा पुर्णरुपमा बन्द रहने छन् ।

धार्मिक, सांकृतिक सामाजिक भेटघाट जस्तै विवाह ब्रतबन्ध गर्न पाइने छैन् । अन्य क्षेत्रबाट निषेधज्ञा जारि रहेको क्षेत्रका पस्न तथा आवतजावतमा रोक लगाइएको छ । त्यस्तै उद्योग कारखाना संचालन गर्न परे सुरक्षाको मापदण्ड पुरा गरि उद्योग परिसर भित्रै क्वारेन्टिन बनाइ संचालन गर्न सकिने बताइएको छ ।

निषेधज्ञा अवज्ञा गरे के हुने ?

जिल्ला सुरक्षा समितिको बैठकले नेपालको मौजूदा कानूनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम निषेधज्ञा जारि गरेको हो ।

संक्रामक रोग ऐन, २०२० अनुसार नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।

यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १०० सम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महीनासम्म कैद वा रु. ६०० सम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।