file photo

हेटौँडा/गएराति थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सडक खण्डको हेटौडा ११ थानाभर्याङमा सोमबार राति १० : ४० मा हेटौडा बाट चितवान तर्फ जादै बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल रोकिराखेको ना५ ख ५६७९ नम्बरको ट्रकको पछाडि भागमा ठोक्किँदा चालक अजय बिश्वकर्माको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सुनिल सुनार सामान्य घाइते भएका छन् ।

रातमा बाइक ओभरस्पिडमा रहेकाले दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्द्र बहादुर रानाले खबरब्रेकलाई बताए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा ११ नवलपुर बस्ने १८ बर्षीय बिश्वकर्माको उपचारको क्रममा चुरेहिल अस्पताल मृत्यु भएको रानाले बताए ।

मोटरसाइकलमा सवार भिमफेदि ९ नामटार घरभई हाल हेटौडा ११ थानाभर्याङ बस्ने बर्ष २४ को सुनार सामान्य उपचारपछि डिस्चार्ज भइसकेको रानाले जानकारि दिए । ट्रकको चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।