हेटौंडा । मकवानपुरमा आईतबार एकैदिन २३ जनामा कोरोना पुष्टि भएको थियो । साहि दिनको रिपोर्ट आउँन बाँकी मकवानपुरका ४६ जना मध्ये २९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनिहरुमा कोरोना संक्रमण छैन ।

हेटौंडा कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईका अनुसार सोमबार राति अबेर आईतबारको बाँकी ४६ जना मध्ये २९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

अन्य बाँकीको भने परीक्षण भईरहेको र आज दिउँसो १ बजे सम्म रिपोर्ट आउन सक्ने बताईएको छ ।

यसैगरि हिजो (सोमबार) पठाईएको ९७ जनाको स्वावको कोरोना परीक्षण रिपोर्ट भने आज बेलुकी सम्म आउन सक्ने बताईएको छ ।

यसैबिच हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आजबाट हेटौंडा उपमहानगरपालिकासहित महेन्द्र राजमार्गको आसपासका ५०० मिटर क्षेत्रफलको मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा जारी गरेको छ ।

प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्दै आजबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने जनाएको छ ।

हेटौंडामा सक्रिय संक्रमित ३९ जना

हेटौंडामा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३९ जना पुगेको छ । आईतबार मकवानपुरका २३ जनामा संक्रमण पुष्टि भए संगै संक्रिय संक्रमितको संख्या ३९ जना पुगेको हो । यि देखिएका संक्रमित पछिल्लो एक हप्तामा संक्रमण पुष्टि भएका हुन् ।

कर्रा आईसोलेसनबाट ३० संक्रमित कोरोना मुक्त:

हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित कर्रा आईसोलेसन वार्डबाट हालसम्म ३० जना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् ।

आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले हालसम्म आईसोलेसनबाट ३० संक्रमित उपचार पछि निको भएर घर फर्किएको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।