एजेन्सी । रियल मड्रिडका युवा स्टार ताकेफुसा कुबो भिल्लारियलमा अनुबन्ध भएका छन् । ‘जापानिज मेस्सी’को नामले चिनिने कुबो लोनमा भिल्लारियलमा अनुबन्धित भएको ला लिगा च्याम्पियन रियलले सोमबार पुष्टि गरेको हो । यता, भिल्लारियलले आधिकारिक रूपमा कुबो भित्र्याएको पुष्टि गरेको छ । भिल्लारियलले सोमबार मात्रै उनलाई स्वागत गरेको हो ।

भिल्लारियलले ३ मिलियन युरो खर्चिँदै जापानिज विंगर कुबोलाई लोनमा भित्र्याएको हो । आर्सनलका पूर्वप्रशिक्षक तथा नवनियुक्त प्रशिक्षक युनाइ इमेरीको सुझावमा भिल्लारियलले १९ वर्षीय युवा कुबोलाई लोनमा अनुबन्ध गरेको हो ।

कुबाेलाइ २०२०-२१ काे सिजनका लागि भिल्लारियलले अनुबन्ध गरेकाे हाे । बार्सिलोनाको एकेडेमीमा हुर्किएका कुबो गत वर्ष मात्र रियलबाट लोनमा मल्लोर्का पुगेका थिए । उनले यो सिजन ला लिगामा ३५ खेल खेल्दै चार गोल र पाँच असिस्ट गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।