एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको क्वार्टरफाइनल खेलमा डेनिस क्लब कोपेनहागेमलाई १–० गोलले हराउँदै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

जर्मनीस्थित रेइन इनर्जी स्टेडियममा भएको खेलमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । खेलकाे निर्धारित गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई जिताए ।

खेलकाे १०५औं मिनेटमा पेनाल्टीमा गाेल गर्दै फर्नान्डेसले युनाइटेडलाई सेमिफाइनलमा पुर्‍याए । त्यसअघि खेलको पहिलो हाफकाे इन्ज्युरी समयमा मासाेन ग्रीनवूडले गाेल गरे पनि उनकाे गाेल अफसाइड भएकाे थियो ।

यस्तै खेलकाे ५६ औं मिनेटमा मार्कुस राष्फोर्डकाे गाेल पनि अफसाइड नै भएकाे थियो । युनाइटेडले एलएएसकेमाथि समग्रमा ७–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, कोपेनहागेमले स्तानबुल बसाकसेहिरमाथि समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो । अब, युनाइटेडले १६ अगस्टमा सेमिफाइनल खेल खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।