हेटौंडा । मकवानपुरमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ ।

पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ५लिला वन स्थित बागमती नदी किनारमा पानीमा डुबेको अवस्थामा अन्दाजि ३०-३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनास्थलमा पुगी कानुनी प्रक्रिया पुरा गरि शवलाई परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीको भनाई रहेको छ ।

शवको हासम्म पहिचान भएको छैन् । महिलाको हुलिया अनुहार चेप्टो, वर्ण गहुँगोरो, मंगोलियन जस्तो देखिने, उचाई ५ फिट ४ ईन्च रहेको छ । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।