हेटौंडा । हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डले कोरोना परीक्षको लागि मंगलबार थप १ सय २९ जनाको स्वाब संकलन गरेको छ ।

हेटौंडा आईसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईले यसअघि मकवानपुरका विभिन्न स्थानमा संक्रमण देखिएका परिवारका सदस्य,यात्रा गरेर मकवानपुर फर्किएका तथा केहि लक्षण देखिएकाहरु स्वाब संकलन भएको जानकारी दिए ।

आज संकलन भएको १ सय २९ जनाको परीक्षण रिपोर्ट आउँन केहि दिन लाग्ने बताईएको छ ।

यसैगरि गएराति मकवानपुरका २९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आईतबार मकवानपुरका २३ जनामा संक्रमण पुष्टि भएको दिनको बाँकी ४६ जनामा २९ जनाको कारोना रिपोर्ट नेगेटिभ आएको हो । बाँकीको रिपोर्ट आज आउने बताईएको छ ।

यसैगरि हिजो (सोमबार) पठाईएको ९७ जनाको स्वावको कोरोना परीक्षण रिपोर्ट भने आज राति अबेर सम्म आउन सक्ने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।